आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु नेपाली बजारमा सार्वजनिक

काठमाडौँ -  भारतीय बजारमा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा पनि मेडिकल रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ। मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजरहरू उपलब्ध गराएको छ।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरू स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरूको होल्डओभर टाइम ३ देखी ४ दिन सम्मका छन् भने ४७ देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध  छन् ।

यी रेफ्रिजेरेटरहरू फ्रिज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्याङ्कन रहेको जनाएको छ। यी रेफ्रिजेरेटरहरू सिएफसि एचएफसि र एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूको ढोका अगाडि बाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउछ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। 

ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदी राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ६  डिग्रीमा स्थिर राख्छ।

आइएसओ र सिइ सर्टिफाइड यी रेफ्रिजेरेटरहरू १००५ सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्लेसँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ।

यी रेफ्रिजेरेटरहरू ११७ देखी ३२० ब्लड ब्याग सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरूको ढोका पारदर्शी छन जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको छ।

 विभिन्न सल्भेन्ट, केमिकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधीआदि राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। आइएसओ र सिइ सर्टिफाइड यी रेफ्रिजेरेटरहरू १००५ सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् ।

यी रेफ्रिजेरेटरहरूमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटरहरू २०० देखी ४०० लिटर सम्मको क्षमतामा उपलब्ध छन्। यी रेफ्रिजेरेटरहरूको ढोका यी पारदर्शी छन  जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको छ।

नेपालको बिजुली सेवा अनिश्चित हुनु र बजारमा पाइने सामान्य रेफ्रिजेरेटरहरूले आफुले चाहेको तापक्रम निरन्तर दिन नसक्ने र बाह्य डिजिटल डिस्प्ले थर्मोमिटर नहुने कारण गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरू औषधी पसल, फार्मेसी, ल्याब, हस्पिटलहरूमा एकदम उपयोगी छन् जसले  आफुले चाहेको तापक्रम कायम राख्नुका साथै १२० दिनसम्मको तापक्रमको लग र रिकर्ड पनि राख्दछ।

 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम