हलिउडमा ‘टप गन’ र ‘ब्याटमेन’लाई उछिन्दै रनरअप बन्यो ‘आरआरआर’

मुम्बई - भारतमा बक्स अफिसमा पैसा छापेको फिल्म ‘आरआरआर’ले हलिउडमा पनि उत्तिकै व्यापार गरिरहेको छ । व्यापारसँगै यो फिल्मले अर्को उपलब्धि पनि हासिल गरेको छ । हलिउड क्रिटिक्स एसोसिएसनले बाँड्ने अवार्डमा यो फिल्म रनर अप बन्न सफल भएको छ । यसका लागि ‘आरआरआर’ले टम क्रुज अभीनित ‘टप गन : माभरिक’ र रोबर्ट प्याटिसन अभीनित ‘दि ब्याटमेन’लाई जितेको थियो ।
हलिउड क्रिटिक एसोसिएनले बाँड्ने ‘एचसीए मिड सिजन’ अवार्डमा उत्कृष्ट चलचित्रको रनरअप बन्न सफल भएको हो । वर्षको मध्यमा आयोजना गरिने अवार्ड भने ‘एभरिथिङ एभरीह्वेर अल एट वन्स’ले जित्यो । उत्कृष्ट चलचित्रको दौडमा ‘आरआरआर’बाहेक ‘टर्निङ रेड’, ‘चा चा रियल स्मुथ’, ‘एल्भिस’, ‘दि नर्थमेन’ आदि फिल्म थिए ।
अमेरिकामा दोहोर्याएर रिलिज भएको फिल्मले दोस्रो खेपमा समीक्षक तथा दर्शकबाट प्रशस्त तारिफ पाएको थियो । फिल्मको भव्य क्यानभासले सबैलाई प्रभावित गरेको थियो ।
यो फिल्म भारतको सर्वाधिक कमाइ गर्ने चौथो फिल्म दरिएको छ । ११ सय करोड कमाइ गरेको फिल्मअघि धेरै कमाइ गर्नेमा ‘दंगल’, ‘बाहुबली २’ र ‘केजीएफ २’ छन् । ‘दंगल’ले विश्वभरबाट १८ कराड कमाइ गरेको तथ्यांक छ भने ‘बाहुबली २’ले १४ करोड कमाइ गरेको रेकर्ड छ । यसैगरी र ‘केजीएफ २’ले १२ करोड कमाइ गरेको तथ्यांक छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया