प्रताप र एलिनाको ‘हानिकारक माया’

काठमाडौँ -अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले सार्वजनिक गरेको ‘डाँडाघरे साइली’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक यो गीतसँगै ‘लुम्ले काँडामा, जाले रुमाल, पाउडर किरिममा, भिटामिन यू’ लगायतका गीतले दर्शकको मन जितेका छन् ।
उनै, कृष्णले आफ्नै शब्द तथा संगीतमा ‘हानिकारक माया’ सार्वजनिक गरेका छन् । यो गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ । भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय छ । भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियो र गीतले सार्वजनिक भएसँगै दर्शकको माया पाइरहेको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया