इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने सांसद चौधरीको माग

काठमाडौँ - नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छिन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गरेकी हुन् ।
उनले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको विरुद्धमा भएको बताइन् । सांसद चौधरीले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोड्न बाध्य बनाएकलाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रीय प्रहरीमा भर्त गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘१० वर्षे जनयुद्धताका विभिन्न डरमा राखेर जागिर छोड्न बाध्य बनाएकाहरुलाई उमेर हद ननाघिसकेका व्यक्तिलाई प्रदेश प्रहरी र केन्द्रिय प्रहरीको कुरा आइरहेको छ । यसमा समेटेर जानसक्दा उचित हुन्छ । यो जनगुनासो धेरै पीडितहरुले हामीसँग गर्नुभएको छ । कतिपय त्यो बेलाका जागिरेहरु डर र त्रासका कारण जागिर छोड्न बाध्य बनाएर विदेश पलायन हुनुभएको छ । उहाँहरुलाई पनि समेटेर जाँदा राम्रो हुन्छ । हामीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्छ । उनीहरुसँग एउटा सिपाहीलाई सरुवा गर्ने अधिकार छैन भने प्रदेशको के अर्थ रह्यो ? संघीय संरचनाको खिलाफमा गएजस्तो देखिँदैन र यो ? हामी केन्द्रीकृत नै छौँ कि संघीयतामा गएका हौँ भन्ने कुरा जनतालाई बुझाउन पनि गाह्रो भएकोले हामीले ऐन, कानून बनाउँदा यस्तो कुरालाई कटौती गर्नु हुँदैन ।’
सांसद चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भुमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभनसमेत भएको थियो । बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाएको ? भन्दै प्रश्न गरिन् ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया