मन्त्रीले अनियमितता गरेकाे घटनामा संसदीय छानविन समिति गठन
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम विपरीत आफ्नो जिल्लामा रकम निकासा गरी अनियमितता गरेकाे घटनाकाे छानविनका लागि एक समिति गठन गरिएकाे छ ।
साेमबार प्रदेश सभाकाे बैठकमा प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विकासको नाममा अनियमितताको विषय उठाएपछि छानविनका लागि सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको छ ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भईरहेको आवाज उठाएपछि सभामुख यादवले १५ दिन भित्रमा प्रतिवेदन पेस गर्ने छानविन समिति गठन गरेकाे हाे । साे संसदीय समितिको संयोजकमा उपसभामुख देव छिन् भने सदस्यहरुमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साहलाई चयन गरिएको छ ।
यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताल्चा लगायत विषयमा अनुगमन तथा छानविनका गरिन १५ दिनमा प्रदेशसभामा सभामुख समक्ष प्रतिवेदन पेस गर्ने छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले अर्थमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरेकाे थियाे । केही दिन अघि स्थानीय एक पत्रिकाले अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सिचाईमा २० कराेड रूपैया नियम कानून विपरीत आफ्नो जिल्लामा रकम निकासा गरी अनियमितता गरेकाे भन्ने समाचार प्रकाशित गरेको थियो ।
त्यसमा मन्त्रालयले कुनै खण्डन नगरेको भन्दै लोसपाका सांसदहरूले मन्त्रीका जवाफ मागेका थिए । मन्त्री साहले सिँचाइ कार्यालय सप्तरीले भौतिक विकास मन्त्रालयलाई भनेपछि मन्त्रालयले जेठ १६ मा निर्णय गरेर पठाएपछि बजेटको व्यवस्थापन गरेको जवाफ दिएका थिए ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया