माओवादी नेताहरूले भने - गठबन्धनको भर नपरौं पार्टीलाई थप बलियो बनाऔं

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा गठबन्धनसँग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।
सोमबार काठमाडौंमा बसेको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने सदस्यहरुले यसअघिको स्थानीय निर्वाचनमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका हुन् ।
गठबन्धनमा जोड गर्दा पार्टी संगठन कमजोर भएको भन्दै उनीहरुले यस बिषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने समेत बताएका छन् । बैठकको दोश्रो दिन ४१ जना सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि धारणा राखेको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।
उनले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग समेत बैठकमा उठेको बताए । मंगलबार बस्ने बैठकमा प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने उनको भनाई छ ।
माओवादी बैठक मंगलबार ११ बजे पुनः बस्ने र मंगलबार नै सम्पन्न गर्ने तयारी रहेको माओवादीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया