माओवादी निकट विद्यार्थी संगठन विभाजित

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ । संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ ।
उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिइएको हो ।
संयोजक पवन कार्कीले अनेरास्ववियु क्रान्तिकारीलाई शसक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशिल बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको बताए । पञ्चा सिंह नेतृत्वले विधानअनुरुपको कमिटी गठन गर्न नसकेको उनले आरोप लगाए । अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नै नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ ।
उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरुमाथि आक्रामण भएको पनि बताए । यही असार १८ गते काठमाडौंमा सम्पन्न भएको घोषणासभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको छ ।
घोषणासभाले २२औं राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया