स्थानीत तह चलाउन सिकाउँदै नेकपा एस

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ ।
शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।
प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ । समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने ठहर गरेको छ ।
महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर गर्नुपर्ने विषयमा छलफल भएको छ ।
रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया