तिहार ताक्दै सलोनको ‘मीलन’
काठमाडौं - आगामी कात्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रेम कथामा आधारित चलचित्र ‘मीलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने चलचित्रका निर्देशक टेक पौरखी राईले जानकारी दिए । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा लेखन पनि निर्देशक राईकै रहेको छ ।
मुख्य अभिनेतामा कुशल शाह ठकुरीले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । यस्तै अभिनेत्री शिल्पा थापाको पनि यो पहिलो चलचित्र हो । शिल्पा टिकटक स्टार हुन् । उनको टिकटक र इन्स्टाग्राममा लाखौं ‘फ्लोवर्स’ छन् ।
तीनवटा गीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ ।काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया