पहिले अनमोल अहिले धिरजको छायाँमा अदिती बुढाथोकी

काठमाडौँ - सामाजिक सञ्जालमा सबैभन्दा धेरै फ्लोअर भएकी अभिनेत्री हुन् अदिती बुढाथोकी । इन्स्टामा १० लाख बढी फ्लोअर भएकी अदिती मुम्बईमा बसेर मोडलिङ गर्छिन् र थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् ।
सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । यही लोभले नेपाली निर्माता लामो समयदेखि उनलाई फिल्म खेलाउने प्रयत्नमा थिए तर सफल भए, भुवन केसी र सुवास गिरीले । दुवैले संयुक्त रुपमा निर्माण गरेको ‘कृ’बाट अदितीले फिल्ममा डेब्यू गरिन् । जोडी थिए अनमोल केसी ।
यो फिल्म बनिरहँदा धेरैको अपेक्षा थियो अदितीले अनमोललाई छायाँमा पार्छिन् । तर भयो उल्टो । यतिसम्मकी प्रचारमा पत्रकारले अनमोलबाहेक अरुलाई नखोजेपछि अदितीले एक्लै पत्रकार भेटघाट कार्यक्रम गरिन् । फिल्म रिलिजपछि त अदितीलाई झनै कसैले खोजेन । यो फिल्मले जेजति चर्चा पायो त्यसको सारा क्रेडिट अनमोलले लगे ।
पहिलो फिल्मबाट अपेक्षित सफलता हात नलागेपछि अदिती आफैँ निर्माणमा तातिइन् । माता पितालाई निर्माता बनाएर उनले ‘कृ’कै निर्देशक सुरेन्द्र पौडेललाई लिएर निर्माण गरेको ‘बाबरी’ले भदौ ३१ को तयारी स्वरुप गीत र टिजर सार्वजनिक गरेको छ । तर यी दुवै प्रचार सामाग्रीले अदितीलाई भन्दा उनको को–स्टार धिरज मगरलाई फाइदा पुर्याएको छ । टिजरमा फरक लवजसहित देखिएका धिरजलाई फिल्मको गीत ‘बाबरी रङ’मा पनि अदितीलाई भन्दा सुहाएको प्रतिक्रिया आएका छन् । अर्थात् ‘बाबरी’मा पनि अदितीको भन्दा धिरजकै चर्चा छ । अदिती पहिले अनमोलको छायाँमा परिन् अहिले धिरजको ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया