१६ वर्षमै मर्लिन मुनरोले यसकारण गरेकी थिइन् विवाह

अमेरिका : मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ केही समयपछि नेटफ्लिक्समा प्रदर्शन हुँदैछ । मर्लिनको भूमिका यो फिल्ममा एना डे आम्र्सले निर्वाह गरेकी छिन् ।
फिल्ममा अत्यधिक सफलता पाए पनि व्यक्तिगत जीवनमा सधैँ दुःख पाएकी मर्लिनले जीवनमा तीन चोटि विवाह गरिन् र तीनै सम्बन्धमा धोका पाइन् । ड्रग्स ओभर डोजका कारण उनको कलिलै उमेरमा मृत्यु भयो । तर कसै कसैले भने मर्लिनले आत्महत्या गरेको पनि भन्ने गरेका छन् ।
उनले पहिलो विवाह १६ वर्षको कलिलो उमेरमा गरेकी थिइन् । आफूभन्दा ५ वर्ष जेठो जेम्स डोरोथीसँग उनले विवाह गर्ने कारण प्रेम थिएन, स्वतन्त्रताको खोजी थियो । आफ्नी आमासँग चिनजानमा रहेका जेम्ससँग मर्लिनले भेटेको केही समयमा नै विवाह गरेकी थिइन् ।
मर्लिन सानोमा विभिन्न ‘फोस्टर होम’मा हुर्किएकी थिइन् । बाबु आमा नभएका वा भएर पनि पालन पोषण गर्न नसक्ने बच्चाहरूलाई ‘फोस्टर होम’मा राखेर हुर्काइन्थ्यो । तर ‘फोस्टर होम’मा रहँदा मर्लिनले अनेक हिंसा सहनु परेको थियो । उनले जेम्ससँग विवाह गर्न राजी हुनुको कारण यही ‘फोस्टर होम’ थियो । विवाह गरेर बाहिर निस्कन पाए स्वतन्त्र भएर बाँच्न पाइन्छ भन्ने मर्लिनको चाहाना थियो ।
नभन्दै विवाहपछि जेम्स–मर्लिन लसएन्जल्समा कोठा लिएर बस्न थाले । तर यसरी बस्न थालेको केही समयपछि नै जेम्स अमेरिकी नेभीमा भर्ना भएपछि मर्लिन र जेम्स छुट्टिए । यसरी छुट्टिएको केही समयपछि फोटोग्राफरको आँखामा परेपछि मर्लिन मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी थिइन् । यसपछि थप दुई विवाह गरेकी मर्लिन बच्चा खेर गएपछि विरक्त हुँदै नशाको संगतमा पुगेकी थिइन् । यही नशा बढी भएपछि जगमगाउँदो फिल्म करिअर र जीवनबाट उनले बिदा लिएकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया