केकी–आँचल अभीनित ‘झिँगेदाउ’को पहिलो गीत सार्वजनिक

काठमाडौँ - केकी अधिकारी र आँचश शर्मा देउरानी–जेठानी बनेको फिल्म ‘झिँगेदाउ’को पहिलो गीत सार्वजनिक भएको छ । मुकुन भुसाल र कुशल बिष्टको समेत मुख्य भूमिका रहेको फिल्मको मंगलबार औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आगोविना बिँडी जल्दैन’बोल समावेश गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् ।
भैंसेपाटीको सिकाली चौरमा केही दिनअघि खिचिएको गीतमा केकी र आँचलसँगै मुकुन भुसाल र कुशल बिष्टको नृत्य देख्न सकिन्छ । गीतमा चारै जनालाई नचाएका हुन् रामजी लामिछानेले ।
लोक शैलीको गीतमा प्रविण बेडवाल र शान्तिश्री परियारको स्वर रहेको छ । गीत रचना रहेको छ, मुक्ता उदासको । भिमनिधी तिवारीको कथामा आधारित रही बनेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजले कथान्तरण गरेको फिल्म भदौ १७ मा प्रदर्शन हुँदैछ । आज सार्वजनिक गीतलाई विष्णु कल्पितले छायांकन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया