बालेनले भाइबरसहित गएर बौद्ध धर्मगुरुलाई फिर्ता गरे श्रीपेच

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विवादमा आएको श्रीपेच फिर्ता गरेका छन् । मंगलबार ज्याठास्थित एक बौद्धविहारमा रहेका भिक्षुलाई मेयर बालेनले ‘नेपहपका श्रीपेच’को पहिलो सिजनका विजेता भाइबर साइमनलाई साथै लिएर गएर मुकुट फिर्ता गराएका हुन् ।
शनिबार साँझ भएको फाइनलमा मोरङका भाइबर साइमनलाई कार्यक्रम आयोजकले श्रीपेच पहिराएका थिए । तर सञ्चारमाध्यम श्रीपेचको तस्बिर सार्वजनिक भएसँगै बौद्ध सम्प्रदायले श्रीपेचमाथि आपत्ति जनाएको थियो । आयोजकले सोमबार मात्र आफूहरूबाट अन्जानमा गल्ती भएको भन्दै माफी मागेको थियो ।
तर त्यतिले मात्र विवाद साम्य नहुनेदेखेपछि बोलन आफैँ सक्रिय भएर श्रीपेज हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बालेन शाश तीनमध्ये एक जजको भूमिकामा थिए । मेयरमा विजेता हुनुअघिदेखि नै निर्णायकको कुर्सीमा रहेका बालेनले मेयरपछि पनि आफू सो भूमिकामा सिजन सकिँदासम्म निरन्तर रहने भन्दै जिम्मेवारी निर्वाह गरिरहेका थिए । शनिबार यो सोको फिनाले थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया