उषा, सलिनमान र सलोनले ‘मिस्टर एन्ड मिस टिन ’ छान्ने

काठमाडौँ - ‘मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करणमा निर्णायकको जिम्मेवारी पूर्व मिस नेपाल उषा खड्गी, अभिनेताद्धय सलोन बस्नेत र सलिनमान बानियाँले निर्वाह गर्ने भएका छन् । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्णायकलाई चिनाउनुका साथै प्रतियोगिताको आवदेन समेत खुल्ला भएको जनाएको हो ।
पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगिताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो । १६देखि २१ वर्षसम्मका युवा युवतीले भाग लिन पाउने प्रतियोगिता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो ।एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।
प्रतियोगीताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलावा द व्रिटिस कलेजमा रु २० लाख रुपैंयासम्मको छात्रवृति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।
फस्र्ट रनरअप तथा सेकेन्ड रनर अपले ब्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रवृति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।
प्रतियोगिताको निर्णायकमा मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतको पनि साथ रहनेछ । निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगिताका विजेता छनौट गर्ने बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापाथलीमा हुनेछ ।
प्रतियोगिताका यस अगाडिका विजेताले भने ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्ड’ मा सहभागिता जनाएका थिए । जसमा ‘मिस्टर टिन वल्र्ड नेपाल’ विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए, भने ‘मिस टिन वल्र्ड’ नेपाल शीर्षक विजेता स्वस्ती बैद्यले बेस्ट स्माइल तथा बेस्ट नेसनल कस्ट्युम टाइटल नेपाल भित्र्याएकी थिइन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया