कांग्रेस उपसभापति खड्का भन्छन्- ढिलो नगरौं, 'अर्थमन्त्री प्रकरण'बारे आजै संसदीय छानबिन समिति बनाउँ

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले 'अर्थमन्त्री प्रकरण'मा संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् बजेट निर्माणको क्रममा 'बिचौलियलालाई प्रवेश गराएको' विषय संसद् र जनतामा समेत चासोको विषय बनिसकेकोले विश्वाशिलो तिरकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । यसबारे ढिलो नगरी आजै संसदीय समिति बनाएर टुंगो लगाउनु पर्ने उनको भनाइ छ । आजै प्रतिनिधि सभा बैठक बस्दै छ ।
‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ ’, उनले लेखेका छन्, 'बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ।'
बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएर करकार दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । यसबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि छानबिन समिति बनाएर जानुपर्ने माग राख्दै आएको छ । अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न पनि माग उठिरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया