अर्थमन्त्री प्रकरण : छानबिन गर्न संसदीय समिति बन्ने, संसद् सचिवालयमा छलफल जारी
काठमाडौँ - अर्थमन्त्री प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिन गर्न संसदीय समिति बन्ने कांग्रेसका एक नेताले जानकारी दिए । उनकाअनुसार आज बिहान बालुवाटारमा भएको गठबन्धन दलका शीर्ष नेताको अनौपचारिक बैठकले समिति बनाउने सहमति गरेको उनले बताए ।
विगतमा पनि बजेट प्रस्तुत पूर्व नै लिक भएको विषयलाई लिएर संसदीय छानबिन समिति बनेकोले छानबिन समिति बन्नुपर्नेमा कांग्रेसले जोड दिएको थियो । आज बिहान गठबन्धनको अनौपचारिक बैठक बसेको थियो ।
अहिले संसद् सचिवालयमा केही मन्त्रीहरू र दलका सचेतकबीच अनौपचारिक छलफल चलिरहेको छ । अनौपचारिक बैठकमा समिति गठनबारे छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया