एमालेले अर्थमन्त्रीलाई बोल्न नदिने अडान राखेपछि प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मलाई स्थगित

काठमाडौँ - अर्थमन्त्री फुटेज प्रकरणका कारण प्रतिनिधि सभा बैठक दुई बजेका लागि सरेको छ । ११ बस्ने भनिएको बैठक दुई बजे मात्रै बस्ने भएको हो । संसद् सचिवालय स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्मालाई विपक्षीले बोल्न नदिने भएपछि बैठक बस्दै नबसी दुई बजेसम्मलाई स्थगित भएको हो ।
अर्थमन्त्रीले बोल्ने विषयमा आज संसद् सचिवालयमा केही मन्त्री र दलका सचेतकबीच अनौपचारिक छलफल भएको थियो । छलफलमा एमालेले पहिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने अडान लिएको थियो ।
'अर्थमन्त्रीलाई संसद्मा बोल्न दिने विषयमा छलफल भयो,' संसद् सचिवालय स्रोतले इकागजसँग भन्यो, 'प्रमुख प्रतिपक्षी एमालेले पहिले फुटेज हेर्न पाउनुपर्ने माग राखेपछि अर्थमन्त्रीले संसद्मा बोल्ने विषयमा सहमति हुन सकेन । अर्थमन्त्रीले बोल्ने विषयमा सहमति हुन नसकेपछि बैठक सारिएको हो । अब प्रतिनिधि सभा बैठक दिउँसो दुई बजे बस्ने तय भएको छ ।'
बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ । अर्थ मन्त्रालयले सो दिनको सीसीटीभी फुटैजसमेत डिलिट भएको जवाफ दिएपपछि विषय थप पेचिलो बनेको छ । प्रमुख प्रतिपक्षी एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिनका लागि संसदीय समिति बन्नुपर्ने माग राख्दै आएको छ । अर्थमन्त्रीमाथि छानबिन गर्न कांग्रेसभित्र पनि आवाज उठेको छ ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया