अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : खनाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।
यस्ता सवालमा कसैले हेलचेक्राई गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताए । खनालले उक्त घटनाका विषयमा निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने र बाहिर आएको विषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटना घट्न थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरे ।
खनालले सबै विषयको उचित समाधान निकालि सदनलाई सहजरूपमा सञ्चालन गर्नदिने वातावरण बनाउनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया