अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी जनतालाई दिनुपर्छ,’ उनले भने।
नेता महरले अर्थमन्त्रीमाथि उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको भएको बताएका छन्। ’अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठिसकेपछि यसबारे संसद् र जनतालाई जवाफ दिने काम सरकारको हो। एक अमुक पार्टी र व्यक्तिका लागि लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने काम शोभनीय हुँदैन। संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनका माध्यमले आवश्यक काम कारबाही अगाडि बढाइनु हितकर हुन्छ,’ उनले भने।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।
बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सीसीटीभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो। मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र गठबन्धनबाट उठिरहेको छ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया