सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि शिखर कप्तान चयन

काठमाडौँ – वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनलाई कप्तान चयन गरेको छ । भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । 

पहिलो एकदिवसीय जुलाई २२, दोस्रो जुलाई २४ र अन्तिम खेल जुलाई २७ मा हुनेछ । एकदिवसीय सिरिजपछि भारतले वेस्ट इन्डिजविरुद्ध ५ खेलको टी-ट्वान्टी सिरिज समेत खेल्नेछ । 

एकदिवसीय सिरिजका लागि भारतले युवा खेलाडीहरुलाई मौका दिएको छ । भारतीय टिममा कप्तान शिखरसँगै श्रेयश ऐयर, अक्सर पटेल, रुतुराज गाइक्वाड, इशान किशन, आभेश खान, शुवमन गिल, सन्जु सामसन, प्रसिद्ध कृष्ण, दिपक हुड्डा, रविन्द्र जडेजा, मोहमद सिराज, सूर्यकुमार यादव, सर्दुल ठाकुर, अर्शदिप सिंह र युजवेन्द्र चहल रहेका छन् ।