अर्थमन्त्रीले राजीनामा दिएपछि मात्रै उहाँको कुरा सुन्छौँ : योगेश भट्टराई
काठमाडौँ- नेकपा एमालेका सांसद् योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि मात्रै मन्त्री शर्माको स्पष्टिकरण सुन्ने बताएका छन् । संसद्को बुधबारको बैठकमा उनले यस्तो बताएका छन् ।
‘उहाँ माथि कारबाही गर्ने तमाम कानुनी आधारहरू विद्यमान छन्,’ उनले भने, ‘यसकारणले उहाँ कारबाहीको भागिदार हुनुहुन्छ । यति गम्भीर नैतिक प्रश्न उठिसकेको अर्थमन्त्रीले अब यो रोष्टममा अर्थमन्त्रीको रुपमा सम्बोधन गर्ने कुनै नैतिक अधिकार छैन । अब अर्थमन्त्रीको रुपमा होइन । उहाँले अब राजीनामा दिनुहोस् । राजीनामा दिइसकेपछि उहाँले यो गरिमामय संसद्मा बोल्न पाउनुहुन्छ । त्यसपछि उहाँको भाषण हामी सुन्न तयार छौँ ।’ उनले प्रधानमन्त्रीलाई अर्थमन्त्रीलाई बर्खास्त गर्न समेत आग्रह गरे ।
सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेका सांसदहरूले विरोध जनाएका थिए । सांसद् भट्टराईले बोलिसकेपछि सभामुखलाई पुन बोल्न समय दिएपछि एमालेका सांसदहरुले विरोध जनाउँदै संसदबाट बाहिरिएका थिए।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया