आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

कतार प्रहरीमा माग आएको छैन, ठगीबाट बच्‍नुहोस्: वैदेशिक रोजगार विभाग

काठमाडौं : कतार प्रहरीका लागि रोजगारी खुलेको भन्दै ठगि बढिरहेको गुनासो आएपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीमा कुनै माग नआएको स्पष्ट पारेको छ ।

'वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारीरहेको भएता पनि कतार प्रहरीको लागि हाल कतार स्थित नेपाली राजदुतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर आएको छैन, ' विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्थावित ठगीबाट वच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।'

कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भनी विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकहरुलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने तया रकम माग गर्ने लगायतका अवैधानिक कार्यहरु भईरहेको गुनासो प्राप्त भईरहेको विभागले बताएको छ ।