क्यानडासँग नेपाल पराजित

काठमाडौं - खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ । बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।
नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए ।
रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो ।
क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए । यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे । नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए ।
यस अघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो । अब, नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, आयोजक स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया