परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अहिले पनि मुलुकको परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको बताएका छन् । गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सापकोटाले धर्मनिरपेक्षतालगायतका परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइएको भन्दै सजक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले सबै आन्दोलनलाई शान्तिपूर्ण रुपले संस्थागत गर्न सकेकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गरे । जनताले चाहेको जस्तो आर्थिक बिकासलगायतका काम अझै हुन नसकेको भन्दै लोकतन्त्रलाई बलियो बनाउँदै मुलुकको बिकासमा अघि बढ्नुपर्ने सापकोटाले बताए । लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसाथ गर्न नसके परिवर्तहरू कमजोर हुन सक्ने जिकिर सापकोटाको छ । सभामुख सापकोटाले पद ठूलो कुरो नभएको भन्दै देशप्रतिको इमान्दारीता र निष्ठा मुख्य कुरा रहेको बताए ।
कार्यक्रममा नेकपा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानलाई बलियो बनाउनुपर्ने भन्दै कमी कमजोरीहरुलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । नेपाली भूमिलाई नक्सामा समावेश गर्दा सवै राजनीतिक दलहरू एक ठाउमा उभिएको भन्दै नेम्वाङले मुलुकलाई बिकासको बाटोमा अघि बढाउन पनि सबै दलहरू एक हुनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुध्दिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको थियो । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताए ।

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया