दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, तीन घाइते

मकवानपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-१० का निवासी उनको सोमबार उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै सोही दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा घाइते भएका छन् । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ । (रासस)

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया