ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर- भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका- ५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका-८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ । रासस

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया