चौधरीले पाए सफाइ

जनकपुरधाम- जिल्ला अदालत धनुषाबाट प्रमाण अपुग भएपछि हत्याका अभियोग लागेका एक व्यक्तिले सफाई पाएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम-१४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई अदालतले प्रमाण पुगेको भन्दै सफाइ दिएको हो ।
न्यायाधीश डा. पर्शुराम भट्टराईको इजलासले अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण दामोदरलाई सफाइ दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिएका छन् । दामोदरलाई प्रहरीले घटनालगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउन्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउन्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउन्ड गोली बरामद गरेको थियो ।
मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा उधारो पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहाल भएको थियो । सोही क्रममा पंकजले गोली हानेको आरोप लागेको थियो । गोली प्रहारबाट मनोजको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी पीडित परिवारले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । पंकजलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो । प्रहरीका अनुसार त्यसबेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार पनि गरेका थिए ।
मनोजले धनुषाको सपहीस्थित सञ्चालन गरेका पेट्रोल पम्प शिव आयल स्टोरबाट निर्माण व्यवसायी पंकजले डिजेल पेट्रोल उधारो लिएका थिए । इन्धनको बाँकी बक्यौता ८ लाख रुपैयाँका लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियो ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया