सवइन्जिनियर दुबेविरुद्ध ठगी मुद्दा दर्ता
वीरगञ्ज - दुई दिनअघि सेवाग्राहीबाट रु एक लाख ७० हजार घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ । उनलाई उक्त अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
सेवाग्राहीसँग घुस लिइरहेको पूर्वसूचनाको आधारमा बिर्तास्थित वडा प्रहरी कार्यालयको टोलीले दुबेलाई कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा शाखामा बुझाउनका लागि रायसल्लाह लिँदा उक्त शाखाबाट प्रहरीबाटै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव आएपछि मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको हो ।
मनवास्थित सवडिभिजन वन कार्यालयको रु १७ लाखको लागतमा निर्माण भएको भवनको मूलयाकंन गरिदिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए । उनी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ निवासी हुन् । रासस

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया