आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

वनका रेन्जरले काठका कारोबारीसँग घूस मागेपछि...

काठमाडौं– काठ कारोबारीसँग घूस लिने डिभिजन वन कार्यालय चितवनका अनुसन्धान अधिकृत रेन्जर जगदिप गौतम घूसको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबीअनुसार, रेन्जर गौतमले विना इजाजत साल चिरान काठ ओसारपसार कारोबारीसँग १ लाख ५० हजार रुपैयाँ घुस÷रिसवत मागेका थिए । गौतमले घूस मागेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐनअनुरुप विशेष अदालतमा मुद्दा लगाएको हो ।