बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

डेढ लाख घूसले आजीवन पेन्सन गुमाउँदै मालपोत अधिकृत

काठमाडौं– जग्गा दर्ताका क्रममा सेवाग्राहीसँग घूस लिएको अभियोगमा परेका छन्, मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखापनेरु महत । अख्तियारले दुरुपयोग अनुसन्धानले आयोगले १ लाख ५० हजार रुपैयाँ घूस लिएको पुष्टि जनाउँदै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अदालतमा मुद्दा दायर गरेसँगै महत स्वतः निलम्बनमा परेका छन् ।

मालपोत अधिकृत महतलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा २०७९ वैशाख ११ मा आयोगले नियन्त्रणमा लिएको थियो । आयोगको अनुसन्धानले सेवाग्राहीबाट घूस लिएको प्रमाणित भएपछि महतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । आयोगले कैद र बिगो बमोजिम सजायको माग दाबी लिएको छ । अदालतबाट घूस लिएको ठहरिएमा महतले पेन्सन लगायतका सरकारी सुविधा पाउने छैनन् ।