२६६ कोभिड-१९ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा कोभिड-१९ का २६६ संक्रमित थपिएका छन् । चार जनाको मृत्यु भएको छ । यो पछिल्ला दिनमा देखिएको संक्रमण र मृत्युभन्दा धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ । कोभिडबाट मृत्यु हुनेको संख्या नेपालमा तीन हजार ३६ पुगेको छ ।
२४ घण्टामा १०२ जना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा १८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ८९ हजार ८२४ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया