घूस रकमसहित इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा संलग्न एक इन्जिनियरलाई ५० हजार रुपैयाँ घूससहित शुक्रबार पक्राउ गरेको छ ।
आयोगका अनुसार रोल्पाको गंगादेव गाउँपालिकाका कार्यालयका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाका नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएका हुन् ।
इन्जिनियर घूस लिएको सूचना पाएपछि आयोगको नेपालगञ्जबाट खटिई गएको टोलीले नविन डाँगीलाई सेवाग्राहीसँग ५० हजार घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उक्त घुस रकमसहित गंगादेव गाउँपालिका–२ स्थित स्वास्थ्य शाखाको भवनमा निवास बनाएका डाँगीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया