लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध तीन दल एक ठाउँमा
हस्ताक्षर संकलन गर्दै

बुटवल : लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका तीन दल सहमत भएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीबीच छलफल जारी छ । तीनै दल लुम्बिनी सरकार परिवर्तन गर्न सहमत भएका हुन् ।
रातिदेखि छलफलमा रहेका उनीहरूले हाल सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् । बैठकमा सहभागी माओवादी केन्द्रका एक प्रदेश सांसदकाअनुसार माओवादी र कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिसकेका छन् भने जसपाका सांसदहरूको हस्ताक्षर संकलनको कार्य जारी छ । उनकाअनुसार जसपाका चार जना सांसदले हस्ताक्षार गरिसकेका छन् । बाँकीको संकलन गर्ने काम भइरहेको उनले बताए ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री शंकर पोखरेललाई सरकार जोगाउन वा उनी विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४४ मत आवश्यक पर्छ । माओवादी र एमाले अलग भएपछि माओवादी केन्द्रका दुई जना सांसद एमालेमा लागेका छन् । एमालेमा लागेका दुई प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ । अब माओवादी केन्द्रसँग लुम्बिनी प्रदेशसभामा १८ सांसद कायम रहनेछन् ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया