मस्कविरुद्ध मुद्दा हाल्ने तयारीमा ट्वीटर

काठमाडौंँ - विश्व धनाढ्य व्यक्ति एलन मस्क ट्वीटर किन्ने प्रस्तावबाट पछि हटेका छन् । मस्कले ट्वीटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका हुन् । मस्कले गत अप्रिलमा ४४ अर्ब डलरमा ट्वीटर डिलको सम्झौता गरेका थिए ।
मस्कले ट्वीटरमा स्पाम र नक्कली अकाउन्ट संख्याको पर्याप्त जानकारी दिन ट्वीटर असफल भएको र सम्झौता उल्लेख गरिएका अरू नियमहरू पनि तोडेको आरोप लगाउँदै कम्पनी खरिदबाट पछि हटेको सिनेटले आफ्नो पोस्टमा उल्लेख गरेको छ।
उनले खरिद प्रक्रियाबाट पछि हटेको जानकारी आफ्ना वकिलमार्फत यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा पठाएका छन् सो पत्रमा ट्वीटरले प्रयोगकर्ताको जानकारी दिन अस्वीकार गरेको दाबी गरिएको छ ।
मस्कले खरिद सम्झौताबाट पछि हटेको भन्दै ट्वीटरले उनीमाथि मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गत मे महिनामा मस्कले ट्वीटरसँगको सम्झौता अस्थायी रूपमा होल्डमा रहेको जानकारी दिँदै ट्वीटरमा नक्कली र स्पाम अकाउन्टहरूको डेटा पर्खिरहेका थिए ।
मस्कले ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भन्ने जानकारी प्राप्त गर्ने प्रयास गर्दै आएका छन् । ट्वीटरले नक्कली अकाउन्ट पाँच प्रतिशतभन्दा कम रहेको बताएपनि मस्कले यो संख्या अझै बढी हुनसक्ने धारणा राख्दै आएका थिए ।

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

प्रतिक्रिया