बाढीले कटप वाल बगाउँदा खुटिया खोलामा निर्मित पुल जोखिममा

कैलाली- लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल झोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्न बनाएको कटपबाल भत्काउँदा पुल जोखिममा परेको हो ।
पुलको दक्षिण तर्फ करिब ४० मिटर कटप पानीले बगाउँदा नदी बस्ती पस्ने र पुल नै जोखिममा परेको स्थानीयले बताएका छन् ।
स्थानीय बासिन्दा करण बोगटीले कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए । उनले जानकारी गराउँदासमेत वास्ता नगरेका कारण कटप वाल भत्किएको बताए ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले आफू भर्खरै आएको बताउँदै त्यसबारेमा बुझ्ने बताए । उनले कटप वाल तत्काल मर्मतका लागि जनशक्ति परिचालन गर्ने बताए ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया