विद्यार्थी संगठनको विवाद समाधानका लागि माओवादीले बनायो तीन जनाको सुझाव समिति

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो ।
पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकाले त्यसको समाधानका लागि तीन सदस्यीय सुझाव समिति गठन गरेको छ । उक्त समितिमा पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।
'विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरूले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ' प्रवक्ता कृष्णबहादुर महराले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया