श्रवण मुकारूङलाई महालक्ष्मी पुरस्कार

मकवानपुर । साहित्यकार श्रवण मुकारुङ महालक्ष्मी साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । मकवानपुरकाे अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाजले महालक्ष्मी सहित्य पुरस्कार यस वर्ष प्रसिद्ध साहित्यकार श्रवण मुकारुङलाई प्रदान गरेको हाे ।
समाजले उक्त पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ । भाषा,साहित्य कला र संस्कृतिको संरक्षण एवम सम्बर्द्वनको हेतुले २०५६ सालमा स्थापना गरी प्रदान गरिन थालेकाे उक्त पुरस्कारको राशि ५१ हजार रहेको छ । शुक्रबार बीसौं पुरस्कार प्रदान गरिएको हो ।
यस्तै मातृभूमि साहित्य समाज मकवानपुरको संयोजन र व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट मकवानपुरका पत्रकार राममणि दाहाल सम्मानित भएका छन् । यस वर्षकाे उक्त पुरस्कार मकवानपुरमा लामो समय देखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार दाहाललाई प्रदान गरिएकाे हाे ।
उक्त पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । दाहाल गोरखापत्रमा आवद्ध रहेका छन् । उनी पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष समेत हुन् ।
यसैगरी कार्यक्रममा मकवानपुरे साहित्यकार किशन पौडेलको लघुकथा ‘खुसी’ को गृह विमोचन तथा पुस्तकको संक्षिप्त चिनारी भएकाे छ । कार्यक्रममा विभिन्न स्रष्ट्राहरुकाे विभिन्न सिर्जनाहरु सुनिएका थिए ।
समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा साहितयकार केशवराज आमोदीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी(अन्जली),महालक्ष्मी विकास बैंक हेटौडा शाखा प्रमुख शम्भुप्रसाद पराजुली लगायत मकवानपुरका विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया