सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

वासिङ मेसिनसमेत बोकेर हिँडे निवर्तमान मन्त्री महेन्द्र राय यादव

फाइल तस्बिर

काठमाडौँ - निवर्तमान  मन्त्रीहरूले  सरकारी  आवास  गृह  छाड्दा आवासका सामान घरतिर लिएर गएको पाइएको  छ । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा  राखिएका  भाँडाकुँडा,  पर्दा,  पङ्खा,  टेलिफोन  सेट,  प्रिन्टर,  वासिङ  मेसिनलगायतका  सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ । 

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै  गाह्रो  मानेर  फिर्ता  गर्छन् ।  कतिपय  मन्त्रीले भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन् । 

पछिल्लो पटक कृषि तथा पशुपक्षी मन्त्री पदबाट बिदा पाएका  महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास  छाड्दा  वासिङ  मेसिनदेखि  अन्य  केही  सामग्री लिएर गएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताएको खबर गोरखापत्रमा राधा चालिसेले लेखेकी छन् । 

आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामग्री फर्काउन पत्राचार  गर्‍यो । कार्यालयका स्टोरकिपर  पशुपति  पोखरेलले  पूर्वमन्त्री  यादवलाई  त्यसबारे  जानकारी  गराएपछि उनले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गरेको बताए। 

पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म सामग्री फिर्ता गरेका छैनन्। यस विषयमा पूर्वमन्त्री यादवले भने, ‘मेरा सहयोगीले के–के ल्याए, त्यो थाहा भएन। सङ्घीय  सचिवालय  तथा  व्यवस्थापन  कार्यालयका कर्मचारीले भनेपछि त्यहाँका केही सामान मकहाँ आएको भए लिस्टअनुसार फिर्ता गरिदिनु भनेर सहयोगीहरूलाई भनेको छु।‘

उनले आफू स्थानीय तह  निर्वाचनका  बखत  उपत्यकामा  नहुँदा  वासिङ  मेसिन बिग्रिएर बनाउन सहयोगीले बाहिर लगेको दाबी गरे। तर त्यस्ता सामग्री बिग्रिएमा कार्यालयलाई जानकारी गराउनुपर्ने र त्यहीँबाट मर्मत गर्न लगाउने व्यवस्था रहेको छ । पूर्व वनमन्त्री  रामसहाय  यादवले  पनि  आवास  छाड्दा  सरकारी  प्रिन्टर नभेटिएपछि  सचिवालयले  सोधखोज  गरेको  थियो।  

पछि  वन  मन्त्रालयका  स्टोरकिपरले  प्रोजेक्टरसँगै  लगेको  थाहा  पाएपछि  सचिवालयमै  फिर्ता  गरिएको  छ । मन्त्री  यादवका  छोरा शत्रुघन यादवले आफूले क्वार्टरमा बुझाउनुपर्ने सबै सामान रुजु गरेर बुझाएको बताए । 

 

 

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे