हिउँदे अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

काठमाडौं : लुम्बिनी सरकारले प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेर प्रदेश प्रमुख समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
उनकाअनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुनेछ । संसदलाई दिने विजनेश केही नभएका कारण अधिवेसन अन्त्य गरिएको उनले बताए ।
मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो । लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई हटाउन एमालेइतर तीन दल सहमत भएपछि एकाएक मुख्यमन्त्रीले अधिवेसन अन्त्य गरेका हुन् ।
आजै माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच लुम्बिनी सरकार परिवर्तन गर्ने सहमति भएको थियो । माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका थिए ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया