अब इन्दिरासँग चोरीको ज्ञान र विचार सिक्ने जाने त ?

काठमाडौँ - बिहेपछि श्रीमान्लाई समेत साथमा राखेर इन्दिरा जोशीले ‘पछ्यौरी’बोलको गीत सार्वजनिक गरेकी थिइन् । तर अंग्रेजी गीत‘डर्टी टक’को बिट थपक्क उठाएर संगीतकारमा आफ्नो नाम राखेकी इन्दिराका यो चोरी पक्डिन बेर लागेन ।
दर्शकले भोलिपल्टदेखि नै गीत अरुकै संगीत चोरेको पोल खोले । सञ्चारमाध्यममा समाचार आयो । तर इन्दिरा आफूले चोरेको स्वीकार्न तयार छैनन् । उनका अनुसार त्यो स्टाइल रे ! तर इन्दिरा यतिमै रोकिएकी छैनन् । उनले फेसबुकमा ‘डर्टी टक’ नै चोरेको प्रमाण दिँदै ‘बाल्कन बिट बक्स’को ‘हरमाटिका’को सेयर गरेकी छिन् ।
उनले इन्टरनेसनल स्टायललाई नेपालीमा समावेश नगरेकै बेश भन्दै लेखेकी छिन्, ‘अरुले त्यही काम गर्दा स्टाइल हुन्छ तर हामी आफूले प्रयोगमा ल्याउँदा कपी...साउन्ड र टेक्नोलोजीको प्रयोगमा हामी पछाडि छौँ । तर विचार र ज्ञानमा झन् पछि ।’
चोरी ढाक्न गरेको इन्दिराको यो तर्कले झन् उनकै पोल खुलेको छ । सर्जकले त सकभर आफ्नै मौलिक सिर्जनाको प्रयास गर्ने हो । अरुले चोरी गरेछ भने पनि हतोत्साह गर्ने हो । तर इन्दिराले त ‘डर्टी टक’ नै चोरेको रैछ भन्ने आसय व्यक्त गर्नुले अरुले चोर्न हुन्छ मैले किन नहुने ? भनेर उनले नै चोरी स्वीकारेकी छिन् । जहाँसम्म रह्यो दर्शक ज्ञान र विचारमा पछि परेको कुरा, यसमा यत्ति भनौँ, यस्तो चोर्ने ज्ञान र कुतर्क गर्ने विचार आउनुभन्दा यस्तो ज्ञान र विचार नआएकै वेश ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया