क्रिस इभान्सले मार्भलका फिल्म नगर्ने

लसएन्जल्स - क्रिस इभान्स मार्भल सिनेम्याटिक युनिभर्सको हिस्सा नबन्ने भएका छन् । क्रिस इभान्स मार्भल क्याप्टेन अमेरिकाको भूमिकाका लागि फर्कन लागेको चर्चाबीच क्रिसले यस्तो घोषणा गरेका हुन् । क्रिसको यो घोषणाले फ्यान भने निराश भएका छन् ।
क्रिसले नै साम विल्सन नयाँ क्याप्टेन अमेरिका बन्ने पनि घोषणा गरेका छन् । क्रिसले केही समयअघि आफू क्याप्टेन अमेरिकाको भूमिकामा देखिन इच्छुक नरहेको बताएका थिए । यसका लागि उनले आफू एन्जाइटीको समस्यासँग जुधिरहेको र अभिनयबाट नै सन्यास लिन लागेको बताएका थिए ।
स्टिभ रोजर्सको नाममा क्रिसले सन् २०११ देखि अहिलेसम्म ७ वटा मार्भल युनिभर्सका फिल्ममा अभिनय गरेका छन् । ‘एभेन्जर एन्ड गेम’ उनले गरेको अन्तिम फिल्म थियो । मार्भलले नयाँ फिल्म गर्न लागेको तयारीबीच क्याप्टेन मार्भलको घोषणा भएपछि उनको नाम सतहमा आएको हो । जसलाई उनले खारेज गर्दै आफू मार्भलको फिल्मको हिस्सा नै नबन्ने बताएका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया