मधेस प्रदेश सभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

जनकपुरधाम- मधेस प्रदेश सभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।
बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए । यसअघि हिजो शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । विधेयक पारित भएसँगै प्रदेशसभाको बैठक अर्काे सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए । रासस

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया