आकाश र तनुजाको ‘शिरको फूल’

काठमाडौँ - एनआर क्रियसनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अबिरल बिष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।
यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । शिव वीकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको यो गीतमा युवा–युवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया