आफैँले बनाएको ब्रान्डमा ‘परदेशी’ भए प्रशान्त तामाङ

काठमाडौँ -महामारीका कारण प्रदर्शन रोकिएको फिल्म ‘परदेशी २’ ले प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरेको छ । तीन दिनअघि सार्वजनिक टिजरले राम्रो संख्यामा दर्शक पाएको छ र टिजर युट्युब ट्रेन्डिङमा समेत छिरेको छ ।
मेकिङको हिसाबले टिजर ठीकै भए पनि यो फिल्मको ब्रान्ड भ्यालुले भोलिका दिनमा फिल्मले राम्रो व्यापार गर्ने विश्वास गर्न सकिन्छ । तर सार्वजनिक टिजरमा जसले यो ब्रान्ड बनायो, उही कलाकार भने ओझेल परेको आभास हुन्छ ।
नारायण रायमाझी निर्देशित यो फिल्मको पहिलो भाग ‘स्लीपर हिट’ थियो । तीन नेपाली फिल्मसँग रिलिज भएको यो फिल्मले नाकाबन्दीको तनावका बीच पनि लोभलाग्दो व्यापार गरेका थिए । फिल्मको यो व्यापार पछाडिका अनुहार थिए प्रशान्त तामाङ जोसँग निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ जस्तो हिट फिल्म दिएका थिए ।
नारायण रायमाझीका लागि मात्र प्रशान्त तामाङ ‘लक्की चार्म’ रहँदै आएका छन् । नत्र भने प्रशान्त तामाङ खेलेको अरु फिल्म आएको गएको पनि चाल हुन्न । तर यिनै ‘लक्की चार्म’लाई यो पटक भने निर्देशक रायमाझीले छायाँमा राखेका छन् । पौने तीन मिनेट लामो टिजरमा प्रशान्तको एउटा भन्दा दृश्य छैन । पूरा टिजर भरि प्रकाश सपूत छाएका छन् । अब यो नारायण रायमाझीको छनौट हो कि प्रकाश सपूतप्रतिको ज्यादा भरोसा ।
तर प्रशान्त तामाङ आफैँले हिट बनाएको नामको सिक्वेलमा ‘एक्स्ट्रा’ जस्तो देखिँदा प्रशान्तका फ्यान पक्कै खुसी छैनन् । यो सत्य हो कि अहिले प्रकाश सपूतको हावा चलेको छ । यसो भन्दैमा निर्माता÷निर्देशकले प्रशान्त तामाङलाई यसरी टिजरबाटै गायब पारेको चाहिँ अलि सुहाएन कि ?

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया