सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

नागरिकता र संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप

फाइल तस्बिर

काठमाडौँ- सरकारले ल्याउन खोजेको नागरिकता र संसद्‌मा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले सक्रियता बढाएका छन् ।

आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई बंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दलभित्रबाट नै विरोध भइरहेको छ ।

कानुनमन्त्री गोविन्द शर्मा कोइरालासहित आफूलाई भेट्न आएका गृहमन्त्री खाणलाई नेम्वाङले संसद्‌मा टेबुल भएपछि मात्रै प्रतिक्रिया दिने जनाएका छन् । ‘नागरिकता विधेयकमा के के आउँदैछ, त्यो हेरेपछि मात्रै एमालेको पोजिसन रहन्छ,’ नेम्वाङले खाणलाई जवाफ दिएका छन् । विगतमा दलहरुबीच सहमति भएको बुँदा नै समेटेर नयाँ विधेयक ल्याउन खोजेको खाणले जनाएपछि नेम्वाङले भने अध्ययनपछि मात्रै प्रतिक्रिया दिने जवाफ दिएका छन् ।

तत्कालीन केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्नेसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गरेको कांग्रेसले कुन हिसाबले सोही प्रावधान राखेर संवैधानिक परिषद्को विधेयक ल्याएको हो ? त्यसको जवाफ दिनु पर्ने नेम्वाङको भनाई छ ।

पार्टीभित्रका शेखर कोइराला समूहका नेता अर्थात् गगन थापा लगायतले सरकारले ल्याउन खोजेको संवैधानिक परिषद् विधेययक प्रति आपत्ति जनाउँदै आएका छन् । ‘ओली सरकारले ल्याउँदा बेठिक आफुले ल्याउँदा ठिक’ भन्ने दोहोरो नीति चलाउन नहुने भन्दै सो विधेयक फिर्ता लिनु पर्ने माग गरिरहेको बेला गृहमन्त्री खाण भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।

नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो, संसदको राज्य व्यवस्था समितिले २०७७  असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको अवस्था भएपनि गत २४ असारमा २४ गते फिर्ता लिने निर्णय गरेर नयाँ पेश गर्ने जनाएको थियो ।

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे