शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

घुस र कमिसनले जीवन चलाउने राजनीति रहेसम्म मुलुक बन्दैन : श्रेष्ठ

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घुस तथा कमिसनले जीवन चलाउने सदावहार चिन्तन संस्कृतिमा अधारित राजनीति रहेसम्म मुलुक नबन्‍ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै नेता श्रेष्ठले विप्रेषण,भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदावहार चिन्तन संस्कृतिमा अधारित राजनीति रहेसम्म मुलुक नबन्‍ने बताएका हुन् ।

'विप्रेषण,भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा अधारित राजनीति रहेसम्म मुलुक बन्दैन' श्रेष्ठले लेखेका छन् 'देश र जनताले दुःख पाइराख्छन् । त्यसैले देशलाई बदल्न पार्टीहरूले आफुलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता हो ।'

उनले लेखेका छन् 'यसलाई सारतत्वमा आत्मसात गर्दै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को २०७८ मा बसेको केन्द्रीय समितिको बैठक र पुषमा सम्पन्न आँठौ महाधिवेशनले आफुलाई रुपान्तरण गर्ने निष्कर्षसहित त्यसदिशामा घनिभित ढङ्गले अघि बढ्ने संकल्प गरेको थियो । त्यसप्रति  इमान्दार एवं प्रतिबद्ध बनौं र एकताबद्ध भई रुपान्तरणको प्रकृयामा हेलिऔं ।'