डेम्बेलेको गोलमा बार्सिलोना विजयी

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार राती भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।
उनले खेलको ९० औँ मिनेटमा अरौजोको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका हुन् । भालाडोलिडका प्लानोले ७९ औँ मिनेटमा रातो कार्ड खाएर मैदान छाडेपछि १० खेलाडीमा सिमित भएको भालाडोलिडलाई बार्सिलोनाले हराउने मौका पाएको हो ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिकोमाथि दबाब बढाएको छ । २९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ । यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ ।
भालाडोलिड भने २७ अंकसहित १६ औँ स्थानमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया