शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

आफ्नै बकपत्रविरुद्ध अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा भ्रष्टाचार मुद्दा

काठमाडौं– भ्रष्टाचार मुद्दामा आफ्नै वकपत्रविरुद्ध विशेष अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा एक नर्सरी सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मतियार’को रुपमा दर्ज गर्दै भ्रष्टाचार मुद्दा लगाएको छ ।

त्यसरी आफ्नै वकपत्रविरुद्ध त्यसरी बयान दिने पात्र हुन्, बारा, कलैया उपमहानगरपालिका– १ बस्ने शुभकामना नर्सरीका संचालक अजय कुमार कुशवाहा ।

उनीविरुद्ध अख्तियारले ३ लाख रुपैयाँ बिगो कायम गरी जरिवानासहित कैद सजायको माग गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा लगाएको छ । अख्तियारले तत्कालीन जिल्ला वन कार्यालय बाराका तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलले वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमअन्तर्गत बाँसको विरुवा खरिदमा भ्रष्टाचार गरेको अभियोग लगाएका थिए । अख्तियारले पटेलविरुद्ध २०७७ असार २८ मा अदालतमा मुद्दा दर्ता गर्दा सरकारी साक्षीका रुपमा कुशवाहालाई पेश गरेको थियो । 

तर पटेलले विशेष अदालतमा उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजातहरुको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको जिकीरसहित अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगले कुशवाहलाई ‘मतियार’को रुपमा भ्रष्टाचार मुद्दा लगाएको हो ।