आकाश र रेखाको ‘हिड्दा–हिड्दै’ प्याक अप

काठमाडौं- प्रेमकथानक चलचित्र ‘हिड्दा हिड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।
मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ,सलोन बस्नेत,सानीया खान,बिमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिचेका हुन् ।
चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्र भरपुर मनोरञ्जनयुक्त रहने दाबी निर्देशक आलेको छ । पोस्ट प्रोडक्सन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनिक गर्ने जानकारी निर्माता पंगेनीले दिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया