तेजाबसम्बन्धी विधेयक सरकारले होइन, मुस्कान खातुनले ल्याएको हो : डा. विमला राई पौडेल
काठमाडौँ–नेकपा एमाले राष्ट्रिय सभा सांसद विमला राई पौडेलले तेजाव तथा अन्य घातक पदार्थलाई नियमन गर्न बनेको विधेयक सरकारले ल्याएको नभइ एसिड आक्रमण पीडित मुस्कान खातुनले ल्याएको बताएकी छिन् । उनले मंगलबारको राष्ट्रिय सभामा पेस भएको उक्त विधेयकको छलफलमा भाग लिँदै यस्तो बताएकी हुन् ।
‘यो विधेयक सरकारले ल्याएको होइन । मुस्कान खातुनले तेजाबबाट आक्रमण भएकाहरूको पीडालाई सम्झेर त्यसलाई हौसलामा लैजानको लागि गरेको संघर्षबाट आएको विधेयक हो,’ उनले भनिन्, ‘यो विधेयक तात्कालिन प्रधानमन्त्री केपी शर्माओलीले मुस्कानलाई भेटेर उनको कुरा सुनेपछि कन्भिन्स् भएर अध्यादेशको रुपमा अगाडि बढेको हो । त्यसैले गर्दा आज म मुस्कान खातुनलाई बधाई दिन्छु ।’
विधेयक विधायन समितिमा नभएको भन्दै उनले गुनासो समेत गरिन् । ‘विधायन समितिमा अझै बढी छलफल हुन्छ भनेर मख्ख परेका थियौँ । तर संसोधन कर्ताहरूले यहीबाट फिर्ता लिनुभयो सायद सरकारले पास गर्छौ भने गरेनौँ भने म फिर्ता लान्छु भनेर नागरिकता विधेयक जस्तै गर्छ कि भनेर डराउनु पनि भएको होला ।’
यस विधेयकमा अझै केही थप्नुपर्ने विषयहरू रहेकोे समेत उनले बताइन् । ‘यस विधेयकमा उत्पादन भण्डारणलाई लाइसेन्स लिने कुरा त गरिएको छ । किन्न जाने मान्छेको परिचय नहेरी विक्रि वितरण गर्न नपाइयोस् । आइडी हेरेर डेटाबेस बनाइयोस्, कहाँ उत्पादन गर्दैछन् र कहाँ बिक्री–वितरण गरिँदैछ भनेर सुरक्षा निकायलाई थाहा होस् ।’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया